कालीकोटमा विद्यालयको रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
कालीकोट | पुस २२, २०७९
सुर्खेत: कालीकोटको महावै गाउँपालिकास्थित देव माध्यमिक विद्यालयका प्रधानाध्यापक देउलासिंह ठकुरी पक्राउ परेका छन्।
विद्यालयका लेखापालको दस्तखत किर्ते गरी विद्यालयको खाताबाट १७ लाख बढी रकम हिनामिना गरेको कसुरमा प्रधानाध्यापक ठकुरी पक्राउ परेका हुन्।
बिहीबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा विद्यालयको खाताबाट किर्ते गरी रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएपछि निज प्रधानाध्यापकलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयस्वर रिमालले जानकारी दिए।
यसबारे अनुसन्धान भइरहे छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

